fbpx

संसदिय पत्रकारहरुको अन्तरप्रदेश सञ्जाल गठन

लुम्बिनी घोषणा पत्र जारी , प्रदेश सभालाई सञ्चारमैत्री बनाउन माग

लुम्बिनी (रुपन्देही) ।

देशका सातवटै प्रदेशमा प्रदेश सभाको रिर्पोटिङ गर्दै आएका पत्रकाहरुले अन्तरप्रदेश सजाल गठन गरेका छन् । रुपन्देहीको बुद्ध भूमिस्थल लुम्बिनीमा ६ देखी ८ गते सम्म आयोजना भएको संसदीय पत्रकारहरुको अन्तरप्रदेश भेलाबाट काठमाण्डौ बाहिर संसदीय रिर्पोटिङ गर्दै आएका पत्रकहरुले अन्तरप्रदेश सञ्जाल गठन गरेका हुन् ।

प्रदेश नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद घिमिरेको संयोजकत्वमा गठन गरिएकोे सञ्जालमा संसदीय मामिला पत्रकार समाज प्रदेश नंम्बर १ गणेश लम्साल, प्रदेश नंम्बर २ का अध्यक्ष मोनिका झा, प्रदेश नंम्बर ३ का अध्यक्ष राममणी दाहाल, गण्डकी प्रदेशका अध्यक्ष लालप्रसाद शर्मा, कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापा, सुदुरपश्चिम प्रदेशका अध्यक्ष प्रकाशविक्रम शाह र प्रदेश नम्बर ५ का महासचिव सी. पी. खनाल सदस्य सचिव चयन भएका छन् । सञ्जालको पदेन सल्लाहकारमा संसदीय मामिला पत्रकार समाज, काठमाडौंका अध्यक्ष नारायण काफ्ले रहेका छन् ।
सञ्जालले संसदीय पत्रकारहरुबीच अनुभव आदान प्रदान, साझा समस्या, चुनौती र अवसर पहिचान गर्नका लागि साझा कार्ययोजना निर्माण गर्नका लागि अर्को भेला आह्वान गर्दै संयुक्त कार्यक्रमका लागि तयारी गर्ने निर्णय गरेको छ ।

पहिलो पटक काठमाण्डौ बाहिर देशभरका प्रदेश सभाका संसदीय मामिला सम्बन्धि रिर्पोटिङ गरिरहेका पत्रकारहरुको अन्तरप्रदेश सम्मेलनले ६ बुँदे लुम्बिनी घोषणा पत्र जारी गरेको छ । सञ्चारसम्बन्धि ऐन, कानुन निर्माण तथा संशोधन एवम् कार्यान्वयनका सन्दर्भमा रोकारवालाहरुसँग गहन छलफल गर्न र प्रदेश सभामा पत्रकारहरुको पहुँच सुनिश्चित गरेर संसदलाई लोकतान्त्रीक बनाउन आग्रह गरेको छ ।

यसैगरि राज्यको पूनः संरचनापछि संघीय पद्धति अन्तर्गत प्रदेश सभाको व्यवस्था नौलो भएकोले पत्रकारहरुको क्षमता अभिवृद्धिको व्यवस्था गर्न सातवटै प्रदेशका प्रदेश सभा र प्रदेश सरकारसँग माग गरेको छ ।

यसैगरि मिडिया सेन्टर स्थापना गर्न, विभिन्न माध्यमहरुबाट ज्ञान एवम् अनुभव आदान प्रदान गर्न, अर्थपूर्ण सहभागिताका लागि तथा सूचना प्राप्त गर्ने सहज वातावरण बनाउनका लागिपनि प्रदेश सभाहरुसँग माग गरेको छ ।

आफनो प्रदेशमा संसदिय रिर्पोटिङको अवस्था , समस्या र चुनौतीबारे सम्मेलनमा सहभागी सबै पत्रकारहरुले अनुभव पनि प्रस्तुत गरेका थिए । सम्मेलनको उदघाटन प्रदेश ५ की उपसभामुख कृष्णी थारुले गरेकी थिइन ।

संसदिय मामिला रिर्पोटङबारे अभिमुखिकरण

संसदीय मामिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि संसदीय मामिला पत्रकार समाज प्रदेश ५ ले ६ देखी ८ जेठ सम्म आयोजना गरेको अभिमुखीकरण सम्पन्न भएको छ ।

संसद सहयोग परियोजना युएनडीपीको सहयोगमा आयोजना भएको उक्त्त अभिमुखिकरणमा ७ वटै प्रदेशका ४० जना संसदीय मामिलामा रिर्पोटिङ गर्ने पत्रकारहरुले सहभागिता जनाएका थिए ।

उक्त्त अभिमुखिकरणमा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, वरिष्ठ पत्रकार तारानाथ दाहाल र अग्रज पत्रकार डीआर घिमिरेले नेपालको संसदीय पत्रकारिता अभ्यास, प्रदेश सभामा पत्रकारिताको अभ्यास र चुनौती, संसद्, संसदीय समितिहरुमा समाचारका श्रोत, संसदमा खोज पत्रकारितालगायतका विषयमा सहजीकरण गरेका थिए ।

तालिम समापनको अवसरमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का अध्यक्ष विष्णु प्रसाद घिमिरेले प्रदेशस्तरमा संसदीय पत्रकारिता अभ्यासलाई स्तरीय बनाउनका लागि निरन्तर क्षमता अभिवृद्धिका कार्यक्रम जरुरी रहेको बताए ।

एनडीपीका प्रतिनिधि दिला पन्तले पत्रकारहरुको क्षमता अभिवृद्धिले समाजमा सही सूचना सम्प्रेषण हुने भएकाले पत्रकारहरु हरदम नौला नौला विषयमा पनि जानकार रहनुपर्छ भने । संसदीय मामिला पत्रकार समाज प्रदेश नं. १ का अध्यक्ष गणेश लम्सालले प्रदेश नं. ५ ले ७ वटै प्रदेशका संसदीय पत्रकारलाई सहभागी गराएर क्षमता अभिवृद्धिको कार्यक्रम आयोजना गर्दा अनुभव आदानप्रदान गर्न सहयोग पुगेकोमा हर्ष व्यक्त्त गरे ।

संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का महासचिव सी. पी. खनालको सञ्चालनमा भएको कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै सुदुरपश्चिम प्रदेशका भरत शाह र प्रदेश नं. ३ का सिर्जना नेपालले संघीयता कार्यान्वयनपछि प्रदेशस्तरमा संसदीय पत्रकारिताको अभ्यास थालिएको र त्यसक्रममा भएको क्षमता अभिवृद्धि कार्यक्रमले नयाँ नयाँ समाचारका श्रोतबारे सिकाइ भएको बताए ।

प्रतिक्रिया

Loading...