शिक्षा आर्जनकालागि नेपाली विदेशिनु सुहाउदैन : प्रम ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा प्राप्त गर्न विदेश जानु पर्ने बाध्यता हटाउनु पर्ने बताएकाछन् ।  कान्तिपुर हिसान एडु फेयरको बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ज्ञानको विरुवा टुसाएको नेपालबाट शिक्षा आर्जनका लागि विदेश जानुपर्ने कुरा सुहाउदो नभएको बताए ।

“देशलाई चाहिने शिक्षा यहीँ पाउनु पर्दछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो–“कुनै विशिष्ट प्रकारको प्राविधिक शिक्षा लिन विदेश जाने कुरा बेग्लै हो, तर सामान्य बिषय अध्ययनका लागि विदेश जाने चलन हटाउनु पर्दछ । त्यसैले हामीले विदेशमा जतिकै गुणस्तर दिन सक्ने शैक्षिक संस्था नेपालमै खोल्नु पर्दछ ।”

सरकार निजी शिक्षाको विपक्षमा नभएको तर सामुदायिक शिक्षाको गुणस्तर उकास्न क्रियाशिल रहेको प्रधानमन्त्री ओलीको भनाई छ । निजी शैक्षिक संस्थालाई हामी जबरजस्ती बन्द गर्न नभन्ने भन्दै उनले सामुदायिकको गुणस्तर उकासेर निजीमा जानै नपर्ने स्थितीको सृजना गर्ने दावी गरे ।

प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, विकास जस्ता क्षेत्रमा सरकार र निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको बताए । प्रधानमन्त्री ओलीले लगानीको सुरक्षा र संरक्षण पनि सरकारले गर्ने भन्दै नीजि क्षेत्रलाई लगानी गर्न समेत आग्रह गरे ।  प्रधानमन्त्री ओलीले शिक्षा प्रतिष्पर्धी, रोजगारमुलक र राष्ट्रिय भावना जगाउन सक्ने हुनु पर्ने बताए ।

Loading...