कर्मचारीलाई थप्पड हानेका मेयरले भने ‘लोपारिदिन्छु तिमीलाई यस्ता कुरा नगर’ (भिडियो सहित)

विराटनगर । इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरी बुधवारयता चर्चामा छन । बुधवार दिउँसो कर्मचारीलाई थप्पड हानेका मेयर चौधरी पत्रकारलाई दुव्यवहार गरेपछि चर्चामा आएका हुन ।

उपमहानगरपालिकाको कार्यालय परिसरमा चौधरीसँग प्रश्नगर्दा रिसाएका मेयरले पत्रकारलाई दुव्यवहार गर्दै लोपारेका थिए । चौधरीले कर्मचारी मनोज दाहाललाई पिटेको कुरा गरेपछि रिसाएका मेयर पत्रकार माथी खनिएका हुन ।

‘भ्रष्ट काम गर्छन्, त्यसलाई फूलमाला लाउनु मैले ’ मेयर चौधरीले भने । साे क्रममा मेयर चौधरीले समाचार संकलनकालागि पुगेका पत्रकार कृष्णबहाव भट्टराई, विकल रेग्मीलाई दुव्यवहार गरेका थिए ।

उनले भट्टराईलाई गाली गर्दै लोपारेका थिए । भट्टराइकाे अनुहारमै हात पुर्‍याएर भने ‘लोपारिदिन्छु म तिमीलाई, त्यस्ता कुरा नगर,लोपारिदिन्छु । लोपारि नै दिन्छु यस्तो बायस कुरा गरेऊ भने ।’

प्रश्न उतरका क्रममा जंगिएका मेयरले पत्रकारलाइ धम्काउँदै भन्छन् ‘ राम्रो प्रश्न गर । तिमीले मलाई लोकतन्त्र, मौलिक हक, मानवअधिकार, राजनीतिकशास्त्र ऐन,कानून पढाउनुपर्दैन । सात वर्ष मुद्दा गरेको मोही किसानको छोरा हुँ । तिम्रो प्रश्नको जवाफ दिन चाहन्न ।’ उनले फेरी  अंग्रेजीमा भने ‘आई डन्ट लाइक टु आन्सर योर क्वैस्चन । यू आर बायस्ड ।’

मेयरले पत्रकारलाई दुर्व्यवहार गरेपछि नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले विज्ञप्ती जारी गर्दै मेयर चाैधरीले माफी माग्नु पर्ने बताएको छ । नेपाल पत्रकार महासंघ प्रदेश १ महासचिव विबेक गौतम द्धाराजारी गरिएको विज्ञप्तीमा घटना प्रति दुःख व्यक्त गर्दै मेयरले माफी माग्नु पर्ने उल्लेख गरिएको छ । घटनाको भत्सना गर्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले विज्ञप्ती जारी गरी जनप्रतिनिधिबाट पत्रकारमाथी दुव्यवहार हुनु प्रेस स्वतन्त्रतामाथी ठाडो हस्तक्षेप भएको उल्लेख छ ।

 

Loading...