fbpx

भारतीय चुनाव : मोदी दोस्रो पटक प्रधानमन्त्री बन्ने सम्भावना बलियो

काठमाडौं । छिमेकी देश भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी दोहोरिने सम्भावना बलियाे बनेकाे छ ।  लोकसभा चुनावको मतगणनाको प्रारम्भिक चरणको नजिता अनुसार मोदी दोहोरिने सम्भावना बलियाे बनेकाे हो ।

भारतमा कुल ५४२ सिटका लागि सात चरणमा मतदान भएको थियो । बिहीबार बिहानदेखि मतगणना सुरू भएको हो ।  जारी अवस्थामा भारतीय जनता पार्टी एक्लैले बहुमतभन्दा बढी सिटमा अग्रता लिएको छ। भारतीय सञ्चार माध्ययमहरुका अनुसार भारतीय जनता पार्टी सहितको गठबन्धनले ३४८ स्थानमा अग्रता बनाएको छ ।

मतगणनाको पछिल्लो परिणामले मोदीको पाटीले पाँच वर्षअघिको चुनावमा भन्दा बढी मत ल्याउने सम्भावना छ । भारतमा सरकार बनाउन २७२ सिट चाहिन्छ। पाँच वर्ष अद्धि भाजपाले २८२ सिटमा जितेको थियो । यसपालि झन्डै १० बढी सिटमा अग्रता लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेस पनि चार वर्षअघिभन्दा केही सुधार गरेको छ । जारी मतगणनामा कंग्रेस एक्लैले ५२ सिटमा अग्रता लिएको छ । कांग्रेस गठबन्धनले ७९ सिटमा अग्रता लिएको छ । सन् २०१४ मा कंग्रेसले ४४ र उसको गठबन्धनले ६० सिट जितेको थियो।

मतगणनाको अन्तिम परिणाम आजै साँझसम्म आउने बताइएको छ।

प्रतिक्रिया

Loading...