fbpx

आगोले जलेर एकै परिवारका तीन जनाको मृत्यु

बैतडी ।

सुदुरपश्चिम प्रदेशको बैतडीमा आगोले जलेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाएर बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती बिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो।  बुधबार राति करिब पौने १० बजेतिर आगो लागेको र लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले बताए ।

बसपार्क छेउमै रहेको टहरामा आगलागि हुँदा प्रहरी र स्थानीय पुगेको भएपनि आगो सल्किसेको र बचाउन नसकिएको उनको भनाई छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेका थिए। मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार ७ वर्ष देखि बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए ।

प्रतिक्रिया

Loading...