fbpx

विप्लवका इलाम इन्चार्ज झापामा पक्राउ

झापा ।

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का इलाम जिल्ला इञ्चार्जलाई प्रहरीले झापामा पक्राउ गरेको छ । झापाको बिर्तामोडबाट नेकपाका मेची ब्युरो सदस्यसमेत रहेका इलाम इञ्चार्ज विजय दर्नाल ‘सर्वश्रेष्ठ’ लाई प्रहरीले पक्राउ गरेको हो।

 

सादा पोसाकमा खटिएका प्रहरी टोलीले दर्नाललाई सोमबार साँझ बिर्तामोडबाछ पक्राउ गरे पनि अझै सार्वजनिक गरेको छैन् । अनुसन्धान भइरहेको भन्दै प्रहरीले सार्वजनिक नगरेको हो।

पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय विर्तामोड राखिएको छ। यता नेकपा मेची ब्युरो संयोजक प्रकाशले इलाम इञ्चार्ज दर्नाललाई तत्काल बिनासर्त रिहा गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन्।

कार्यकर्तालाई रिहा नगरिए त्यसको उचित जवाफ दिने प्रकाशले सार्वजनिक गरेको विज्ञप्तिमा चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Loading...