कर्मचारी निकालेका इटहरीका मेयरले पत्रकारको कठालो समाए

विराटनगर ।
इटहरीका मेयर द्वारीकलाल चौधरीले पत्रकारमाथी दुव्यवहार गरेका छन् । इटहरी उपमहानगरका ओभरसियर राम खड्कालाई दुव्यवहार गरेको विषयमा समाचार संकलन गर्न गएका इटहरीका पत्रकारहरुलाई समेत दुव्यवहार गरेका हुन् ।

मेयर चौधरीले समाचार संकलनकालागि पुगेका स्थानीय पत्रकार कृष्ण बहाव भट्टराई, विकल रेग्मीलाई दुव्यवहार गरेका हुन् ।
मेयर द्वारिकलाल चौधरी बिरुद्ध उपमहानगरका कर्मचारीसमेत आन्दोलित भएका छन् । सब ओभरसियर राम खड्कालाई घुस लिएको भन्दै बुधबार अभद्र ब्यावहार गदै निकाला गरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन ।

कर्मचारीले नाराबाजी गर्दै केही समय सडक अवरुद्ध गरेका थिए । यही समयमा घटनाका विषयमा मेयर चौधरीसंग प्रतिकृया लिन पुगेका पत्रकारको कठालो समातेका थिए । पत्रकार भट्टराईलाई सार्वजनिक स्थलमै हप्काएका मेयर चौधरीले अर्का पत्रकार रेग्मीको कठालो नै समात्न पुगेका थिए ।

घटनाको भत्र्सना गर्र्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले विज्ञप्ती जारी गरेको छ । महासंघ सुनसरी सचिव हिमाल दाहाल र अध्यक्ष अमर खड्काले जारी गरेको विज्ञप्तीमा जनप्रतिनिधिबाट पत्रकारमाथी दुव्यवहार हुनु प्रेस स्वतन्त्रतामाथी ठाडो हस्तक्षेप भएको उल्लेख छ ।

Loading...