fbpx

सिके राउतको पार्टीले पायो, १५० दर्ता नम्बर

विराटनगर ।

सीके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा दर्ता भएसंगै प्रमाण पत्र पनि दिइएको छ । निर्वाचन आयोगले जपालाई गत जेठ ६ गते दर्ता गर्ने निर्णय गरेको थियो । दर्ता भएसंगै सो दललाई प्रमाण पत्र पनि दिइएको हो ।

प्रमाण पत्रमा राउतको दलको दर्ता नम्बर १५० उल्लेख छ । सीके राउतको पार्टी जपको केन्द्रीय कार्यालय भक्तपुरको सूर्यविनायक उल्लेख गरिएको छ । दल दर्ता प्रमाणपत्र पाएपछि राउतले सबै जनता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र नेताहरुलाई ट्विट् गर्दै धन्यवाद दिएका छन् ।

अलग्गै देशको माग गर्दै आन्दोलनमा गरिरहेका राउतले सरकारसँग फागुन २४ गते ११ बुँदे सम्झौता गरेपछि मुलधारको राजनीतिमा आएका हुन् । त्यसपछि उनले जनमत पार्टी गठन गरी निर्वाचन आयोगमा दल दर्ताको आवेदन दिएका थिए ।

प्रतिक्रिया

Loading...