क्यान्सर र पाइल्सका लागि मूला लाभकारी, यस्ता छन् मूलाका गुणहरू

मूलालाई काँचै सलाद, अचार तथा पकाएर तरकारी खाएमा वा यसका पातको तरकारी बनाएर खाएमा हाम्रो शरीरमा निकै लाभदायक हुने गर्छ ।

मूलामा पाइने पोटासियम, सोडियम, डाइट्री फाइबर्स तथा भिटामिन ’सी’ले हाम्रो शरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त मात्रामा उत्पादन गर्छ । यस कारण हामीमा विभिन्न रोगहरु संग लड्नका लागि शक्ति प्रदान हुने गर्छ ।

यसले हाम्रो पाचन प्रक्रियालाई नियमति गर्ने तथा कब्जियतको समस्या कम बनाउनुका साथै शरीरबाट निष्काशन हुने दिसालाई मुलायम गर्न सहयोग गर्दछ । यसले रक्तचाप सन्तुलित बनाएर उक्तरक्त चापबाट बच्न पनि मद्दत गर्दछ ।

यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेह तथा कोलेस्टेरोलको मात्रा पनि कम गर्छ । मूला तथा सागपातको नियमित सेवनले खासगरी पेट र आन्द्राको क्यान्सरको जोखिम कम हुने गर्छ ।

मूलामा प्रसस्त मात्रामा पानी पाइने हुदा यसको सेवनले शरीरमा चाहिने पानीको मात्रा पर्याप्त पुगेर यसले मृगौला जन्य रोगको जोखिम पनि घटाउँछ । मूलाको सेवनले दमको रोगिहरुको स्वासनलीमा हुने एलर्जीको समस्या कम गर्छ ।

साथै यसले वजन नियन्त्रण गर्नुका साथै मोटोपना घटाउन समेत सहयोग गर्ने गर्छ । मूलाको नियमित सेवनले हाम्रो छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै हाम्रो अनुहार तथा छालालाई स्वस्थ राख्न मद्दत गर्दछ ।

मूलाको रस सेवन गर्ने र मूलाकै रसले मुख कुल्ला गर्ने गर्नाले गिजाबाट रगत आउने समस्या घटाएर मुख गन्हाउने तथा गिजामा संक्रमण भएर रगत बग्ने समस्या समेत कम गराउछ । यसले हाम्रो दाँतलाई समेत स्वस्थ र चम्किलो बनाउन मद्दत गर्छ ।

मूलाको नियमित र सही प्रयोग गर्ने हो भने यसले पाइल्ससम्बन्धी हुने विभिन्न समस्याहरुलाई एक महिनामै समाधान गराउनुका साथै हामीलाई पाइल्स लाग्नबाट समेत बचाउने क्षमता मूलामा रहेको चिकित्सकहरु बताउने गर्छन् ।

Loading...