fbpx

मेस्सीलाई मौका : अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउलान् ?

एजेन्सी,
दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘कोपा अमेरिका’ खेल्ने अर्जेन्टिनाको टोली घोषणा भएको छ । एक महिनापछि सुरू हुने प्रतियोगिताका लागि लियोनल मेस्सीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा भएको हो ।

मंगलबार राति प्रशिक्षक लिओनल स्कालोनीले मेस्सीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । चर्चित प्रतियोगिताका लागि मेस्सीको कप्तानीमा टोली घोषणा गरिएको छ ।

राष्ट्रिय टोलीमा परेसँगै मेस्सीलाई देशका लागि केही गर्ने अवसर प्राप्त भएको छ । मेस्सीलाई यस कोपा अमेरिकामा देशका लागि अन्तर्राष्ट्रिय स्तरको उपाधि जिताउने यो अर्को मौका प्राप्त भएको छ ।

स्पेनिस क्लब बार्सिलोनालाई उपाधिका चाङ दिलाएका मेस्सीले अर्जेन्टिनालाई ३ पटक कोपा अमेरिकाको फाइनलसम्म टोलीलाई पुर्याएका छन् । तर, उपाधि भने जिताउन सकेका छनैनन् । उनको टिम अर्जेन्टिना तीनै पटक उपविजेतामा सीमित बनेको छ ।

पाँच पटकका बालोन डी‘ओरका विजेता मेस्सीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई सन् २०१४ को विश्वकप फुटबलको फाइनलमा समेत पुर्याएका थिए । तर, त्यसबेला पनि अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो ।

यसपछि मेस्सीले देशका लागि केही गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । अब एक महिनापछि सुरु हुने कोपा अमेरिका मेस्सीका लागि एउटा अवसर बनेको छ ।

मेस्सीले यस सिजन सबैखाले प्रतियोगितामा ५० गोल गरेका छन् । उनी ला लिगामा यस सिजन ३६ गोल गर्दै सर्वाधिक गोलकर्ता बने । मेस्सीले ३६ गोल गर्दा १३ असिष्ट गरेका छन् । उनले सर्वाधिक गोलकर्ता बनेर छैटौँ पटक पिचिची अवार्ड पनि हात पारे ।

उनले यस सिजनको अवार्डसँगै सर्वा्धिक ६ पटक पिचिची अवार्ड जित्ने कीर्तिमानसँग बराबरी गरेका छन् । मेस्सीले एथ्लेटिको मड्रिडका लिजेण्ड टेल्मो जाराले ६६ वर्षअगाडि बनाएको कीर्तिमान बराबरी गरेका हुन् ।

प्रतिक्रिया

Loading...