fbpx

म्यानचेष्टर सिटीबाट बिदा लिएका कोम्पनी बेल्जियमको राष्ट्रिय टोलीमा फर्किए

एजेन्सी,
इंग्लिस क्लब म्यानचेष्टर सिटीबाट गत आइतबार मात्र बिदा लिएका कप्तान भिसेन्ट कम्पोनी बेल्जियमको राष्ट्रिय टोलीमा फर्किएका छन् । ११ वर्षदेखि सिटीका लागि खेलिरहेका उनले शनिबार राति भएको एफए कपको उपाधि भिडन्त नै अन्तिम खेल बनाएका थिए ।

आफ्नो कप्तानीमा सिटीलाई घरेलु ट्रिबेल उपाधि प्रिमियर लिग, लिग कप जिताउन योगदान दिएका उनी युरो छनौट २०२० का लागि बेल्जियमको राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

उनी आफ्नो पुरानै बेल्जियन क्लब आरएससी एन्डरलेक्टमा खेलाडी र म्यानेजरका रुपमा रहने गरी आवद्ध भएका थिए । कोम्पनीले गत वर्षको नोभेम्बर यता बेल्जियमको राष्ट्रिय जर्सीमा मैदानमा उत्रिएका छैनन् । उता बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि कोम्पनीले बेल्जियमका लागि युरो छनौट खेल्ने पुष्टी गरेका छन् ।

बेल्जियमले युरो छनौटतर्फ जुन ८ तारीख शनिबारका दिन कजाखस्तानसँग खेल्दैछ भने त्यसको तीन दिनपछि स्कटल्याण्डसँग भिड्दैछ । दुवै खेल बैल्जियमको राजधानी ब्रसेल्समा हुनेछ ।

बेल्जियमका ३३ वर्षीय कोम्पनीले ११ वर्षको बीचमा सिटीलाई कूल १० उपाधि जिताएका थिए । उनले सन् २००८ मा जर्मन क्लब हेमवर्गरबाट सिटीमा अनुबन्ध भएका थिए ।

प्रतिक्रिया

Loading...