सावित्रा र अनिताको टोली सेथुले आज फाइनल खेल खेल्दै

विराटनगर,
भारतमा जारी हिरो वुमन्स आई लिग फुटबलको उपाधि भिडन्त आज हुँदैछ । जसमा, नेपाली राष्ट्रिय फुटबल टिमका दुई खेलाडी सम्मिलित सेथु फुटबल क्लबले मनिपुर पुलिससँग खेल्नेछ ।

गुरु नानक स्टेडियममा हुने यो खेल अपराह्न ४ः१५ बाट सुरु हुनेछ । सेथु सोमबार भएको दोस्रो सेमिफाइलनमा फराकिलो जित निकाल्दै फाइनलमा पुगेको हो । सेथुले एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबविरुद्ध ८–१ गोल अन्तरको फराकिला जित दर्ता गर्दै अन्तिम दुईमा स्थान बनायो ।

त्यसअघि समूह ‘बी’ मा रहेको सेथु समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । यस खेलमा नेपालकी खेलाडी सावित्राले मौका पाउने सम्भावना एकदमै धेरै छ । किनकी, सावित्राले भारतीय लिगमा १४ गोल पुर्याएकी छन् ।

यसअघि उनले दुई ह्याट्रिक समेत गरेकी थिइन् उनले यसअघि कोल्हापुर सिटी र मणिपुर पुलिस स्पोर्टिङ एकेडेमीविरुद्ध ह्याट्रिक गरेकी थिइन् ।

Loading...