मेस्सीको कप्तानीमा ‘कोपा अमेरिका’ खेल्ने अर्जेन्टिनाको टोली घोषणा, माउरो इकार्डी मैदानबाहिर

एजेन्सी,

दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘कोपा अमेरिका’ खेल्ने अर्जेन्टिनाको टोली घोषणा भएको छ । एक महिनापछि सुरू हुने प्रतियोगिताका लागि लियोनल मेस्सीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा भएको हो ।

मंगलबार राति प्रशिक्षक लिओनल स्कालोनीले मेस्सीको कप्तानीमा २३ स्दस्यीय टोली घोषणा गरेका हुन् । चर्चित प्रतियोगिताका लागि मेस्सीको कप्तानीमा टोली घोषणा गर्दा अर्का चर्चित खेलाडी माउरो इकार्डी भने मैदानबाहिरै रहने भएका छन् ।

उनी अन्तिम ३२ टोलीमा अटाएका थिए तर मंगलबार टोली घोषणा गर्दा उनी मैदान बाहिरै रहेका हुन् । अर्जेन्टिनाको टोलीमा मेस्सीसँगै चर्चित खेलाडी सर्जियो अगुइरो, पाउलो डिबाला र एन्जल डि मारियतालगायत छन् ।

तर, इटालियन क्लब इन्टर मिलानबाट क्लब फुटवल खेलिरहेका फरवार्ड माउरो इकार्डी भने टोलीमा अटाएनन् ।

Loading...