fbpx

खर्च अभावमा मृत्यु शैय्यामा छटपटाउँदै पूर्व खेलाडी केदार

विराटनगर । खेल क्षेत्रमा लामो समय विताएका मोरङका केदार कटवाल मृगौला परिवर्तनकालागि आवश्यक खर्च जुटाउन नसक्दा जीवन र मरणको दोसाधमा पुगेका छन । आर्थिक अवस्था कमजोर भएका कटवाल मृगौला परिवर्तनकालागि आवश्यक खर्च जुटाउन नसक्दा जीवन र मरणको दोसाधमा पुगेका हुन ।

मोरङको कानेपोखरी गाउँपालिका– १ होक्लाबारी घर भएका कट्वाल पूर्व भलिबल खेलाडी हुन । १२ वर्ष जिल्ला स्तरीय टोलीबाट प्रतिस्पर्धा गरेका उनले केही समय मोरङको भलिबल प्रशिक्षको रुपमा पनि काम गरे ।

कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा गएर फर्कीएका उनी मृगौला परिवर्तनकालागि सहयोग मागिरहेका छन् ।

नोबेल मेडिकल कलेज विराटनगरमा एक हप्तामा दुई पटक डाइलसिस गराइरहेका उनी निशुल्क हुने डाइलसिसकालागि आवश्यक पर्ने किड किन्नलाई खर्च जुटाउन पनि सक्ने अवस्थामा छैनन् ।‘ मासिक ५०–६० हजार खर्च हुन्छ’ उनी भन्छन ‘ आम्दानी केही छैन् ।’
५२ वर्षिय कट्वालका दुई छोरा छोरी र श्रीमती छन् । छोरा वैदेशिक रोजगारीको सिलशिलामा कतारमा छन् । तर छोराको कमइले परिवार पाल्न ठिक्क भएका कारण उनको निशुल्क डाइलसिस गराउन पनि खर्च अभाव भएको हो ।

श्रीमती देवीमाया कटवालले मृगौला दिन तयार भएपछि मृगौला प्रत्यारोपण गर्न खर्च नभएको उनको गुनसो छ । ‘मृगौला परिवर्तन गरे अझै केहीगर्न सक्छु जस्तो लाग्छ ।’ उनले भने ‘ देवीले मृगौला दिन्छिन तर प्रत्यारोपण गर्न पैसा छैन् ।’

विपन्न परिवारका कट्वालको परिवार खेति किसानीबाट चलेको थियो । तर श्रीमान विरामी परेपछि समस्या भएको देवीमाया बताउछिन् । ‘आफ्नो भनेको जम्मा दुई कट्ठा जग्गा छ ।’ उनले भनिन ‘ अधीया खेती गरेर गुजारा चलाउछौं ।’

आफ्नो नाममा रहेको जग्गा पनि विरामी भएपछि बैंकमा राखेर कर्जा निकालिएको उनले बताइन् । दुई वर्षयता सहयोगी हात खोजीरहेका उनले खेलसँग सम्बन्धित संघसंस्थाहरुले पनि सहयोग नगरेको गुनासो गर्छन् ।

प्रतिक्रिया

Loading...