एकसातामै दुई पटक सगरमाथा आरोहण गर्दा कामिरिताको तोडियो रेकर्ड

काठमाण्डौं ।
एक सातामा २ पटक सगरमाथा आरोहण गर्दै कीर्तिमानी आरोही कामिरिता शेर्पाले आफ्नै रेकर्ड तोडेका छन् । सगरमाथाको २४ औं सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका हुन् । एक साताअघि आफैले राखेको २३ औं पटकको कीर्तिमान उनले तोडेका हुन् ।

मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा कामिरिताले २४ औं सफल आरोहण सम्पन्न गरेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । उनीले अघिल्लो बुधबार २३ औंपटक चुचुरोमा पाइला राखेका थिए । एक हप्तामै दुई पटक सगरमाथा आरोहण गर्दै उनले अर्काे रेकर्ड पनि बनाएका छन् ।

श्रेष्ठका अनुसार मौसम अनुकूल भएकाले मंगरबार बिहानबाट आरोहीहरु चुचुरोतर्फ लागेका छन् । बुधबार २ सय ९७ र बिहीबार १ सय ७२ जना आरोहणको लाइनमा रहेको उनले बताए । यो वर्ष मे २४ मा पनि सबैभन्दा ठूलो समूहलाई चुचुरो लैजाने तयारी गरिएको छ ।

Loading...