यदि तपाई टाइट बेल्ट कस्नु हुन्छ भने अवश्य पढ्नुहोस्

विराटनगर ।

आजकल प्रायः पुरुष होस् या महिला, जो कोहि को पनि बेल्ट लगाउन बानी हुन्छ । फेसनको लागि होस् या लुगा खकुलो भएका कारण होस् बेल्टको प्रयोग गरेको पाइन्छ ।

बेल्ट बाध्नु सामान्य मानिन्छ तर, समस्या तब उत्पन्न हुन्छ जब हामी चाहिने भन्दा बढी बेल्ट टाइट कस्न थाल्छौं । बेल्ट कस्सेर गरेर बस्दा अथवा काम गर्दा हाम्रो पेटको नसाहरु दाबिन सकिन्छ ।

यदि हामीले लामो समय सम्म बेल्ट टाइट गरेका छौँ भने यसले पेल्भिक क्षेत्रबाट निस्कने आर्टरी, वेन्स, मसल्स दवाब पारी रहेको हुन्छ । यसले हाम्रो शरीरमा विभिन्न समस्याहरु निमत्याउन सक्छ ।

टाइट बेल्ट बाँध्दा खाना राम्रोसँग पच्न पाउँदैन जसले गर्दा हाम्रो पाचन प्रक्रियामा समस्या देखा पर्न थाल्छ । यसले गर्दा एसिडिटी र कब्जियतको समस्या उत्पन्न हुने गर्छ ।

यसले हाम्रो खुट्टाको हाड कमजोर गराउन थाल्छ र हामीमा खुट्टा सुन्निने समस्याहरु देखिन सक्छ । बेल्ट टाइट कस्ने बानीले कम्मर दुख्ने समस्या निम्त्याउँन सक्छ ।

लामो समय सम्म बेल्ट टाइट कस्ने बानीले महिलामा भन्दा पनि पुरुषहरुलाई निकै हानी गर्ने पाइएको छ । एक अनुसन्धानका अनुसार पुरुषहरुमा शुक्राणुमा समेत कमी आउने गर्छ र यसले गर्दा सन्तान उत्पादन क्षमतालाई पनि निकै प्रभावित पार्ने देखिएको छ ।

Loading...