fbpx

आमा–बुबा खोज्दै रुन्छन् यी बालक, बोल्न नसक्दा पहिचान खुलेन (भिडियो)

विराटनगर,
विराटनगरस्थित बाल हेल्पलाइनको संरक्षणमा एकसाता यता प्रस्ष्टसँग बोल्न नसक्ने बालक छन् । एक साताअघि विराटनगरस्थित नोबेल मेडिकल कलेज अगाडिबाट भेटिएका बालकको पहिचान नखुलेपछि मोरङ प्रहरीले संरक्षणका लागि बाल हेल्पलाइनमा पठाएको थियो । तर, बोल्न नसक्ने भएका कारण बालकको आफन्त खोज्न समस्या भएको छ ।

८–९ वर्षका बालक झट्ट हेर्दा तराइमूलका जस्ता देखिन्छन् । तर, उनको बोली नबुझिएका कारण आफन्तको पहिचान गर्न गाह्रो भएको बाल हेल्पलाइन विराटनगरका प्रमुख बासु अधिकारीले जानकारी दिए ।

बाल हेल्पलाइनको संरक्षणमा रहेका बालक आफन्त खोज्दै रुन्छन्, कराउछन् । तर, उनको बोली नबुझिएका कारण परिवार खोज्नै समस्या परेको हो । ‘बालक नोबेल मेडिकल कलेज छेउ भेटिएकाले आफन्त भेटिन्छन् की भनेर अस्पतालमा खोजी गर्याैँ,’ अधिकारीले भने, ‘कोही आफन्त नभेटिएपछि बालक हाम्रो संरक्षणमा छन् ।’ उनले बालकका आफन्तको खोजीमा सहयोग गर्न आग्रह गरे ।

Posted by Childhelpline Morang on Tuesday, May 21, 2019

प्रतिक्रिया

Loading...