भूतको भूमिकामा देखिँदै सन्नी लियोन

विराटनगर,
बलिउड अभिनेत्री सन्नी लियोनले फेरि एक पटक हरर फिल्म खेल्ने तयारीमा जुटेकी छिन् । उनी ‘कोकाकोला’ नामक यस फिल्ममा भूतको भूमिका निर्वाह गर्न लागेको पक्का भएको छ । हरर तथा कमेडी दुवै जनरामा बन्न लागेको यस फिल्ममा सन्नीको मुख्य भूमिका रहने भएको छ ।

साथै निर्माण टिमले धमाधम अरु कलाकारहरुको छनोट गर्दै आएका छन् । महिन्द्रा धारीवाल निर्माता रहने फिल्म ‘कोकाकोला’ को छायांकन यहि जुनबाट सुरु हुने निर्माण टिमले जनाएको छ । उक्त चलचित्रको छायांकन देहरादुन, मसुरी, हरिद्वारलगायतका स्थानमा गरिने भएको छ ।

सन्नीले यसअघि अभिनय गरेका पछिल्लो समय हरर जनरा भएको चलचित्रले बक्स अफिसमा निकै तहल्का मचाएको थियो । यस्तो जनराका चलचित्र अहिलेको यूवा पुस्तामा बढी माग रहेको भएको कारण उक्त चलचित्रको निर्माण गर्न लागेको निर्माताले बताएका छन् ।

सन्नीको हातमा खासै चलचित्र पर्ने गर्दैनन् । उनलाई चलचित्रमा भन्दा पनि चलचित्रको आइटम गीतहरुमा नृत्य गर्दै गरेको बढी देखिने गरिन्छ । त्यसैले यो खबर बाहिरिए सँगै सन्नीका फ्यानहरु निकै उत्साहित भएका छन् ।

Loading...