पाँचथर सामूहिक हत्या प्रकरण : शंकास्पद व्यक्ति झुण्डिएको अवस्थामा भेटिए

पाँचथर,

पाचँथरको मिक्लाजुङ गाउपालिका–३ आरुबोटेमा दुई परिवारको नौं जनाको हत्याको घटना सार्वजनिक भएको केही घण्टापछि एक पुरुष भुण्डिएको अवस्थामा मृत भेटिए । हत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले हत्या भएको स्थानदेखि केही घण्टा पैदलको दूरीमा मानबहादुर माखिमको शव भेटेको हो ।

झुण्डिएको अवस्थामा मृत भेटिएका माखिम ७४ वर्षीय बमबहादुर फियाकको ज्वाइँ रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । मंगलबार राति ७४ वर्षिय फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौं जनाको विभत्स हत्या भएको थियो ।

पछिल्लो समय उनको श्रीमती र ससुराली पक्षसँग सम्बन्ध चिसिएको स्थानीयको भनाई उद्धृत गर्दै प्रहरी स्रोतले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धान गरिरहेको प्रहरीले माखिमलाई शंकाको घेरामा ल्याएको थियो । तर, दुई परिवारका नौं जनाको शव भेटिएको केही घण्टा बित्न नपाउँदै माखिमको शव भेटिएको हो ।

प्रहरीले घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि कुकुरसहितको टोली परिचालन गरेको छ । संघीय प्रहरी कार्यालय धरानका एसएसपी सरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी शिद्धराज न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोली पनि आउँदैछ । मंगलबार विहान मिल्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ज्वाइ“ धनराज शेर्माको घरमा ५ जना र ससुरा बमबहादुर फियाकको घरमा ४ जनाको विभत्स शव भेटिएको थियो ।

घटनास्थलमा रहेका मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमका अनुसार नौं जनाको शव विभत्स अवस्थामा छ । उनका अनुसार ज्वाइ“का परिवारको ५ जनाको शव घरभित्र छ भने ससुरा बमबहादुरको शव घरको बरण्डा र अन्य तीनजनाको शव कोठाभित्र छ ।

घटना ज्यान गुमाउनेहरुमा बालिकादेखि ७४ वर्ष उमेर समूहका छन् भने १२ वर्षीय बालिका भागेर बाँच्न सफल भएकी थिइन् ।

Loading...