fbpx

अब हुवावेमा गुगल प्लेस्टोर, युटुब र जिमेललगायत गुगल एप्स नचल्ने

एजेन्सी,
गुगलले हुवावेको फोनमा गुगल प्लेस्टोर, युटुब र जिमेललगायत गुगल एप्स नराख्ने निर्णय गरेको छ । उसको निर्णयसँगै चिनियाँ मोबाइल कम्पनी हुवावेका मोबाइल फोनमा अब गुगलले निर्माण गरेका केही पनि एप्सहरु नचल्ने भएका छन् ।

गुगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि यस्तो निर्णय लिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । ट्रम्पले हुवावेसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने कार्यकारी आदेश जारी गरेका थिए । सो आदेशपपछि गुगलले आफ्ना एप्सहरू हुवावेले निर्माण गर्ने मोबाइल फोनमा नराख्ने निर्णय गरेको हो ।

उसको निर्णयपछि अब हुवावेको फोनमा गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युटुब, जिमेललगायतका एपहरु चल्दैनन् । हुवावेले निर्माण गर्ने फोनमा नै यस्तो भएको हो । हुवावे फोन प्रयोगकर्ताले हाल चलाउँदै आएका त्यस्ता एपहरु प्रयोग गर्न मिले पनि अपडेट हुने छैनन् ।

प्रतिक्रिया

Loading...