fbpx

पाँचथरमा दुई परिवारका नाै जनाकाे बीभत्स हत्या

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा नाै जनाकाे बीभत्स हत्या भएकाे छ । गएराति  दुई परिवारका नौ जनाको विभत्स हत्या भएकाे हाे ।

स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर  फियाककाे परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएकाे प्रहरीले जनाएको छ ।

बम र धन ज्वाइँ ससुरा हुन् । बमकाे घरका ४ जना र धनकाे घरका ५ जनाकाे बीभत्स अवस्थामा शव  भेटिएको मिक्लाजुङ गाउँपालिका  अध्यक्ष अमर माखिमले जानकारी दिए । माखिम घटना स्थल पुगिसकेको छन्  । उनका अनुसार  दुई परिवारकाे शव धारिलाे हतियार प्रहार गरिएकाे अवस्थामा छ ।

बमबहादुरकाे शव घर बाहिर भेटिएको थियाे भने उनकाे परिवारका ३ जनाकाे शव घर भित्र भेटिएको छ । ज्वाइँकाे घरमा ५ जनाकाे शव घर भित्र बिभत्स अवस्थामा छ ।

अध्यक्ष माखिमका अनुसार ज्वाइँ ससुराकाे घर करिब २ किलोमिटरकाे अन्तरमा छ ।

बम बहादुरकाे परिवारका एक बालिका घाइते छिन् । उनलाई उपचारकालागि पठाइएकाे छ ।

प्रहरीका अनुसार ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

त्यसैगरी  ७४ वर्षीय वमबहादुर फियाक, नाम नखुलेकी उनकी श्रीमती,  जस्मिता  र  मनकुमारीकाे  हत्या भएको हाे  ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । प्रहरीका अनुसार, उनी गम्भीर घाइते छिन् ।

घटना मध्यरातमा भएकाले  स्थानीयवासीले बिहान मात्रै थाहा पाएकाेे बताइएकाे छ ।

 

 

प्रतिक्रिया

Loading...