visit-nepal

एनसेल कर विबाद : ४ अर्ब ३१ करोड ९५ लाख पुँजिगत लाभकर तिर्न ताकेता

काठमाण्डौं । आन्तरिक राजश्व विभागले अजेयराज सुमार्गीलाई ४ अर्ब ३१ करोड ९५ लाख पुँजिगत लाभकर तिर्न दवाब दिन थालेको छ । कर तिर्न आनाकानी गरि रहेका सुमार्गीलाई विभागले ताकेता सुरु गरेको छ ।

२०६८ / ६९ सालमा सुमार्गीको साइप्रस स्थित एयरवेल सर्भिसेज मार्फत् टेलियोसोनेरालाई सेयर बेच्दा प्राप्त पुँजितगत लाभको कर नतिरेपछि ब्याजसहित जरिबाना तिर्न कार्यालयले ताकेता गरेको हो।

यसअघि गत बैशाख ११ गते विभागले सुमार्गीको कम्पनीको नाममा पत्र पठाएको थियो । पत्रमा पन्ध्र दिन भित्र कर तिर्न र तिर्न नपर्ने कुनै ठोस सबुत प्रमाण भए जानकरी दिन भनेको थियो। सुमार्गीको कम्पनीले पत्र बुझेपनि कर नतिरेपछि विभागले पुनः ताकेता गरेको हो। तर सुमार्गीले चासो नदेखाएपछि विभागले लगत्तै बैशाख ३१ गते सुमार्गकी कम्पनी नेपाल स्याटेलाइटको कर निर्धारण गरिदिएको थियो। आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय, बानेश्वरले पत्र लेख्दै ताकेता गर्दै पत्रचार गरेपनि चिठ्ठि बुझ्न अस्विकार गरेपछि हुलाक र इमेलबाट समेत पत्रचार गरिएको कार्यालयले जनाएको छ ।

विभागले गत जेठ १ गते पठाएको पत्र नेपाल स्याटेलाइनले नबुझेपछि हुलाक र इमेल मार्फत् समेत पत्र पठाएको हो। विभागले जेठ ३ गते सार्वजनिक सूचना जारी पत्र पठाइएको व्योहोरा सुमार्गीको कम्पनीलाई जानकारी गराएको हो। विभागले जेठ ३ गते नै सार्वजनिक सुचना जारी गरेको हो ।

प्रतिक्रिया

Loading...