fbpx

विराटनगरका मेयर पराजुलीले गरे ४२ औं पटक रक्तदान

विराटनगर ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ४२ औं पटक रक्तदान गरेका छन् । मेयरमा निर्वाचित भएपछि सोमबार पहिलो पटक रक्तदान गरेका पराजुलीले जम्मा ४२ औं पटक रक्तदान गरेका हुन् ।

झापा दमककी ६९ वर्षीया झुमादेवी वस्तीको उपचारकालागि रक्तदान गरेका हुन् । सोमबार साँझ रगत नभेटिएको थाहा पाएपछि नोबेल मेडिकल कलेज पुगेर एक पिन्ट बी पोजेटिभ रक्तदान गरेको मेयर भीम पराजुलीका प्रेम संयोजक कौशल निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

Loading...