fbpx

बजेटपछि विकासको गियर बढ्छ : प्रम ओली

धादिङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् ।  धादिङको गल्छीमा आज मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए ।

जेठ १५ गते प्रस्तुत गर्ने बजेटले देश विकासको गियर परिवर्तन हुने बताउदै प्रधानमन्त्री ओलीले भने “देश विकासको गति दुई गियरमा छ भने तीनमा पु¥याउँछ । तीनमा छ भने चारमा पु¥याउछ ।”

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथर देखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए । ओलीले भने “सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ । ”

प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको उल्लेख गरे । सरकारले साविक जस्तै काम गरेर दिन कटाउने मात्र नभई आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको उनले बताए ।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको दावी समेत गरे । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“हामी केही बर्ष भित्रै नेपाललाई तिव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौं ” भन्दै प्रधानमन्त्री ओलीले यसै वर्षबाट विकासमा लागि गियर बढाउने दावी गरे ।

प्रतिक्रिया

Loading...