‘५० लाख दिनुस्, ओलीलाई मारी दिन्छु’ भन्दै सामाजिक सञ्जालमा कमेन्ट गर्ने पक्राउ

काठमाडौं ।

‘५० लाख दिनुस् ,ओलीलाई मारीदिन्छु’ भनी सामाजिक संजालमा कमेन्ट गरेको अभियोगमा सिन्धुपाल्चोक लिसाँखु घर भई काठमाडौं महानगरपालिका बानेश्वर बस्ने ३४ वर्षीय लाल बाहदुर तामाङलाई सोमबार बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुकको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी नेपाली खबर अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारीदिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा ‘सलिम योन्जन तामाङ भाई” नामक फेसबुक आईडी प्रयोगकर्ता तामाङले उक्त कमेन्ट गरेपछि पक्राउ परेका हुन् ।

सामाजिक संजालमा कमेन्ट सम्प्रेषण गरी जनमानसमा भ्रम तथा त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा तामाङलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

Loading...