७ हजार रुपैयाँ लाग्ने आईईएलटीएस अब नेक्स्ट टर्म एजुकेशनमा निःशुल्क

विराटनगर,
विराटनगरमा अवस्थित नेक्स्ट टर्म एजुकेसन एण्ड भिषा सर्भिसेसले आईईएलटीएस निःशुल्क पढाउने भएको छ । विराटनगरको महेन्द्र चोकमा शाखा कार्यालय रहेको उक्त एजुकेशनले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी ७ हजार रुपैयाँ लाग्ने आईईएलटीएस निःशुल्क पढाउने तयारी गरेको हो ।

सो एजुकेशनका प्रबन्ध निर्देशक अनिश रिजालका अनुसार आईईएलटिएसको ४५ दिने उक्त कोर्षका कक्षा निःशुल्क रुपमा सञ्चालन गरिएको हो । उनले भने, ‘हामीले विशेषगरी कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी निःशुल्क कक्षा सञ्चालन गरिरहेका छौं । सिट सीमित भएकाले चाँडै सम्पर्क राख्न सक्नु हुनेछ ।’

विदेश जान चाहने विद्यार्थीहरूलाई सही परामर्शका लागि एकदमै उपयुक्त रहेको नेक्स्ट टर्म एजुकेशनको केन्द्रीय कार्यालय अस्ट्रेलियाको सिड्नीमा रहेको छ । नेक्स्ट टर्म एजुकेशनको काठमाडौं, पोखरा, विराटनगर र चितवनमा शाखा कार्यालयहरू रहेका छ ।

Loading...