fbpx

आखिर हत्केला किन चिलाउछ ? जान्नुहोस्

हाम्रो हत्केला सबैभन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । साथै छिट्टै संक्रमण लाग्ने अंगमध्ये पनि यो एक हो । त्यसैले हाम्रो हत्केला बेलाबेला चिलाउने गर्छ । हाम्रो हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई निकै नै प्रभावित पार्छ ।

परम्परागत मान्यताअनुसार हत्केला चिलाउने समस्यालाई धेरैजसो पैसा प्राप्त गर्ने वा गुमाउनु पर्ने कुरासँग जोडिएको पाइन्छ । तर, हाम्रो हत्केला चिलाउनुमा पैसा आउनु र जानुसँग कुनै साइनो छैन । हत्केला चिलाउनु रोग नभए पनि यो रोगको संकेत भएको देखिन्छ ।

हाम्रो छालाको कोषहरु तीब्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भए पनि हत्केला चिलाउँने गर्छ । कहिल्यकाहीँ आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुन सक्छ । छालाको समस्या र मधुमेह एक अर्कासँग जोडिएको हुनाले अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत भएको पाइन्छ ।

हाम्रो हत्केला मौसम परिवर्तनका कारण, फोहोर पानीले गर्दा वा एलर्जीले गर्दा नि चिलाउन सक्छ । कसैकसैलाई कुनै खाने कुराले एलर्जी गर्ने गर्छ र त्यसको असर हत्केलामा देखिन्छ । हत्केला चिलाउने समस्याबाट निको पाउन सबैभन्दा पहिला त हात चिलाउनुको मुख्य कारण क रहेछ भनेर बुझ्नु पर्छ ।

सुख्खा छाला हुने वा बेस्सरी हात घोटेर धुनु पनि चिलाउनुका मुख्य कारण हुन् । हामीले हाम्रो हातको सफाइमा निकै ध्यान दिनु पर्छ । हामीले हाम्रो हातलाई साबुन पानीले मज्जाले धोएर विभिन्न प्रकारका लोसन र क्रिम लगाउने गर्नु पर्छ । यस्ता क्रिमले हत्केलालाई चिल्लो पारेर धेरै हदसम्म चिलाउने समस्याको समाधान कम गर्छ ।

छालालाई कहिल्यै पनि सुख्खा राख्नु हुँदैन । हामीले हाम्रो हात चिलायो भन्दैमा बेस्सरी रगेडेर कहिले पनि कन्याउनु हुँदैन् । यदि यो समस्या गम्भीर भएको खण्डमा तत्काल चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया

Loading...