दाह्री ग्याङद्वारा दृष्टि फाउन्डेशनलाई सहयोग

धनगढी,
दाह्री ग्याङ धनगढीले धनगढीमा रहेको दृष्टि फाउन्डेशनलाई सहयोग गरेको छ । ‘जात्रै जात्रा’ को च्यारेटी सोमार्फत संकलन भएको रकमबाट ३४ हजार बराबरको सामान फाउन्डेसनलाई आज हस्तान्तरण गरेको हो ।

जेठ ३ गते जोशी टाकिजमा भएको चलचित्रको च्यारिटि सो बाट ७४ हजार रकम संकलन भएको थियो । त्यसबाट अन्य खर्च कटाई ३४ हजार बराबरको दराज, प्रिन्टर, बुफरलगायतका सामान हस्तान्तरण गरिएको र ७ हजार दाह्री ग्याङको खातामा रहेको दाह्री ग्याङ धनगढी संयोजक दिनेश बोहराले जानकारी दिए ।

सहयोग ग्रहणपछि दृष्टि फाउन्डेशन सञ्चालिका कल्पना भट्टले दाह्री ग्याङले विगतमा पनि धेरै सहयोग गरेको स्मरण गरिन् । यसैगरी दाह्री ग्याङ बुटवलले पनि दुर्घटनामा परी उपचार गराइरहेका शंकर तामाङको सहयोगार्थ ‘जात्रै जात्रा’ चलचित्रको च्यारिटि सो गरेको छ ।

Loading...