धेरै डराउने लक्षण एन्जाइटी डिसअर्डरको हुनसक्छ ! यी हुन् यो रोगका कारण

विराटनगर ।
बिना कारण बेला बेलामा निकै आत्तिने, डराउने र मुटु काम्ने जस्ता लक्षण एन्जाइटी डिसअर्डरको पनि हुन सक्छ । एन्जाइटी डिसअर्डर भन्नाले डर वा विना कारण नै भयवित हुने र चिन्ता लिने रोगलाई भनिन्छ ।

एन्जाइटी डिसअर्डर भएमा मानिसमा अस्वभाविक तरिकाले बढी अत्तिने, डर मान्ने, छट्पटिने, विनाकारण नै भयभीत हुने , बढी चिन्तित हुने , बेचैनी रहने ,मनमा धरै कुरा खेलाउने, मानसिक रुपमा नकारात्मक सोचाइ बढी आउने हुन्छ । यसका साथै शरीरका विभिन्न भागमा अफ्टयारो महसुस हुने जस्ता लक्षण देखा पर्छन् ।

यसमा पनि आत्तिने र डरलाग्ने रोगका विभिन्न प्रकार हुने गर्छन् । यसमध्ये प्यानिक डिस्अर्डर भएकाहरुले भने विना कारण एक्कासी डर मान्ने, मुटु ढुकढुक हुने, सास लिन गार्‍ह्रो पर्ने र अफ्टयारो लाग्ने, हातगोडा चिसो हुने, रिङ्गटा चल्ने, हात काम्ने, पेट पोलेको जस्तो, घाँटीमा केही अड्केको जस्तो महसुश समेत गर्ने गर्दछन् । कतिपयलाईआफूलाई मर्छु होला वा लडेर बेहोस हुन्छु होला जस्तो, भयभीत र छाति कस्सिएको जस्तो हुने गर्छ ।

त्यसैले, यस्तो हुँदा बिरामीलाई तुरुन्त अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउनुपर्छ र बिरामीलाई अक्सिजन दिएर राख्नुपर्ने अवस्था समेत हुन सक्छ । यसो गरेपछि बिरामीले सहजता महसुश गर्ने गर्छन् ।

तर यस रोगको राम्रोसँग औषधि उपचार नगरिएमा फेरि बल्झिने सम्भावना उत्तिकै रहन्छ । एन्जाइटी डिसअर्डर रोग वंशाणुगत पनि हुनसक्छ । यतिमात्र नभइ अधिक मद्यपान र लागू पदार्थ सेवनकर्ताहरुमा बढी देखिने गरेको पाइन्छ ।

तनाव, घटना, दुःखद समाचार र धैरै चिन्तित व्यक्तिहरुमा यो रोग लाग्ने बढी सम्भावना रहन्छ । त्यसैले सम्बन्धित चिकित्सकबाट परार्मश लिने, फिजियोथेरापी, योगा, ध्यान गर्दा फाइदा हुन्छ ।

यसका साथै अनुचित बिचारको पहिचान गरी सुधार गर्न तिर लाग्नुपर्छ । बिरामीको अवस्था पहिचान गरेर आवश्यक औषधोपचार गर्नुपर्ने आवश्यकता पनि हुनसक्छ ।

Loading...