साहिदलाई करिनासंगकै सिन ‘फेवरेट’

विराटनगर ।

बलिवुडमा कति जोडी बने अनि कतिको ब्रेकअप भयो यो सायद कसैले गन्न सक्दैन होला । महिना दुई महिना वित्न नपाउदै अर्काे साथी खोज्नेहरुको नाम लिष्ट पनि लामै हुन्छ । त्यस्ता कलाकारलाई आफ्नो विगतको रिलेसनशिप साह्रै सम्झिन पनि मन लाग्दैन् ।

तर साहिद कपुर भने करिनासंगको ब्रेकअपको लामो समय वित्दापनि उनको तारिफ गर्न पछि पर्दैनन् । मौका मिल्ने वित्तिकै करिनाको तारिफ गरिहाल्ने साहिदले हालै एक अन्र्तवार्तामा करिनासंगको ‘जव वी मेट’को एक सिन लाइफ टाइम फेवरेट भन्दै भावुक बनेका छन् ।

बलिवुडमा करिना र साहिदको स्क्रिन जोडीका रुपमा अझैपनि फ्यान्सले माग गरिरहन्छन् । फिल्म ‘जव वी मेट’को रिलिजको केही समय पछि करिना र साहिदबीच ब्रेकअप भएको थियो । तर ब्रेकअप हुनासाथ एकअर्कालाई हेर्न पनि नचाहाने अन्य बलिवुड कलाकार भन्दा पृथक बन्दै साहिद भने करिनाको तारिफ गर्न कहिल्यै चुक्दैनन् ।

बलिवुड बक्स अफिसमा अधिक सफलको सुचीमा ‘जव वी मेट’ पुगेपनि उनीहरुको रिलेसनशिप भने ब्रेकअप भएको थियो । त्यही फिल्म जब वी मेटको एक सिन भने साहिदले आफ्नो लाइफ टाइम फेवरेट भनेका हुन् ।

फिल्म रिलिज भएको १५ वर्ष वित्दा धेरै फिल्म खेलिसकेका साहिद एक छोरीका बाबु बनिसकेपनि अझै करिनासंगको सिनलाई लाइफ टाइम फेवरेट भन्ने भनाईले नै उनले साच्चै करिनालाई कति माया गर्थे भन्ने अनुमान गर्न सकिन्छ ।  तर ‘सम्बन्ध भन्ने चिज भगवानले नै तय गरेको हुन्छ’ भन्ने बाक्यलाई साहिदको जीवनले समेत अझ विस्वस्त पार्छ ।

करिना र साहिदको स्क्रिन सेयरीङमा ब्रेकअपको लामो समयपछि उड्दा पन्जाब फिल्म आएको थियो ।

Loading...