fbpx

वेष्ट इन्डिजबाट विश्वकप खेल्ने टिमको घोषणा

काठमाण्डौँ ।

वेष्ट इन्डिजले पनि आईसीसी विश्वकप क्रिकेट खेल्ने खेलाडीको सुची सार्वजनिक गरेको छ । ढिलो गरि वेस्ट इण्डिजले विश्वकप क्रिकेट खेल्ने टिमको घोषणा गरेको हो ।

यस पटकको विश्वकपमा जेसन होल्डर कप्तान रहने छन् भने वेस्टइण्डिजको टिममा क्रिस गेल, कीमार रोच, ड्यारेन ब्राभो, आन्द्रे रसल, शाई होप, शेल्डन काटरेल, एभिन लेविस, शेनन गेब्रियल, कार्लोस ब्रेथवेट, एश्ले नर्स रहेका छन् ।

यसैगरी शिमरन हेटमेएर, फेबियन एलन, ओसाने थोमस र निकोलस पुरन पनि टिममा अटाएका छन् ।

यस बाहेक १० जना रिजर्भ खेलाडीको पनि घोषणा गरिएको छ । जसमा ड्वेन ब्राभो र कायरन पोलार्ड पनि रहेका छन् । ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् ।
ब्राभो र वेस्टइण्डिज क्रिकेट बोर्डबीच विवाद पछि राष्ट्रिय टिममा पहिलो पटक पर्न सफल भए । अन्य खेलाडी घाइते भएको अवस्थामा खेलाउनका लागि ब्राभोलाई वैकल्पिक खेलाडीको रुपमा छनोट गरिएको जनाइएको छ ।

यस्तै सार्वजनिक भएको सुची अनुसार सुनील अम्ब्रिस, जोन क्याम्पबेल, जोनाथन कार्टर, रोस्टन चेज, शेन डोरिच, कीमो पल, खेरी पियरे र रेमन रेइफर पनि विश्वकपको तयारीमा जुट्न पाउने भएका छन् ।

प्रतिक्रिया

Loading...