fbpx

घरमा झिँगा भए यसरी हटाउनु होस्

विराटनगर ।

गर्मी बढेसंगै वरपर झिँगापनि बढ्न थाल्छ । घर, आगन, भान्सा र अझ गाँउघर तिर गोठदेखि लिएर सबैतिर झिँगाले एकखालको आतंक नै फैल्याउछ । घर वरपरको वातावरण फोहोर छ भने त त्य झनै झिंगा बढ्ने नै भयो । झिँगाले विभिन्न रोगका कीटाणु सार्छ, जसले मानव स्वास्थ्यमा असर गर्छ ।

भाइरललगायत विभिन्न किसिमका ज्वरो, हेपाटाइटिस ‘ए’, झाडापखाला र पेटका रोगका कीटाणु झिंगाकै कारण मानिसमा फैलिने गर्छ । झिँगाले खुट्टामा बोकेर ल्याउने ब्याक्टेरियाका कारण मानिसको स्वास्थ्यमा खराब असर गरिरहेको हुन्छ ।

फोहरको थुप्रोबाट उड्दै भान्सामा छिरेको झिँगाले कति व्याक्टेरीया बोकेर ल्याउँछ होला अनुमान गर्नुहोस त । ती व्याक्टेरिया हाम्रो खानेकुरामा सार्ने र खादाँसंगै शरीरमा भित्र पुग्छ । खानामा एकपटक मात्र झिंगा बसे पनि धेरै कीटाणु छाडेर जान सक्छ। कतिपय अबस्थामा त बान्ता गरेर ब्याक्टेरिया झिंगाले हाम्रो खानामा छोड्ने पनि गर्छ ।

व्याक्टेरिया र भाइरस नाङ्गो आँखाले नदेखिने हुदाँ हामीले त्यती वास्ता गरिरहेको हुदैनौँ तर यसले स्वास्थयमा भने नकरात्मक असर पुर्याइरहेको हुन्छ । गर्मीको मौसममा फैलिने हामी बासी खाना नखाएको र फोहोर पानी पिउन हुन्न भनेर ख्याल गरेपनि तत्कालै झिँगा बसेर समेत खानालाई दुषित बनाएको भने ध्यान नदिदाँ पनि पखलाले च्याप्न सक्छ ।

जति फोहोर भयो, त्यति धेरै झिंगा फैलिने खतरा हुन्छ । फोहोरबाट आएको झिँगाले रोग त फैल्याउने नै भयो । त्यसैले घर तथा वरपरको वातावरण सफा राख्न ध्यान दिने गरौँ । फोहोर पानी जम्मा हुने खाल्डा भए पुर्ने वा सफा गरेपनि झिँगाबाट फैलिने रोगबाट बच्न सकिन्छ । भान्साबाट निस्कने फोहोरको सही व्यवस्थापन गर्नुपर्छ। गाईबस्तु राख्ने ठाँउ सकेसम्म घरबाट टाढा बनाउनु पर्छ।

दिउँसो झिंगा बढी सक्रिय हुने र एकै ठाउँमा बस्ने भएकाले यही वेला औषधि प्रयोग गर्न सकिन्छ। तर, यसबाट मानिसलाई पनि नकरात्मक असर गर्न सक्छ । झिँगाको औषधि राख्दा वा छर्किदा बालबालिकाहरुले नभेट्ने वा नपस्ने बनाएर मात्रै छर्कने गर्दा राम्रो हुन्छ ।

प्रतिक्रिया

Loading...