fbpx

चक्कु प्रहार गरि एकको हत्या

धनकुटा

धनकुटाको महालक्ष्मी नगरपालिका २ मारेक माझगाउँमा आइतबार चक्कु प्रहारबाट १ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान साढे ४ बजेको समयमा महालक्ष्मी नगरपालिका ३ डाँडागाउँका २२ वर्षीय सन्तोष थम्फरा लिम्बु र महालक्ष्मी नगरपालिका २ का २५ वर्षीय घनेन्द्र होहङवा लिम्बुबीच सामान्य बादबिबादमा घनेन्द्रले चक्कु प्रहार गरि सन्तोषको हत्या गरेको प्रहरीले जनाएको छ ।

रिसको आवेगमा सन्तोषलाई चक्कुले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।  चक्कु प्रहार गर्ने लिम्बुलाई चक्कु सहित पक्राउ गरी थप अनुसन्धान भईहेको छ ।

प्रतिक्रिया

17 + seventeen =

Loading...