विराटनगरमा करिब दुई सय वर्ष पुराना बर–पिपलका रूख काटिए

विराटनगर,
विकास निर्माणका नाममा विराटनगर महानगरपालिका भित्रका सडक आसपास रहेका अधिकांश रुख बिरुवा काटिए । सडक स्तरोन्नतिका लागि रुख काटिएको स्थानमा महानगरपालिकाले नयाँ विरुवा लगाएको छैन् ।

आइतबार फेरि सडक किनारामा नपरेका वर्षाैँ पुराना रुख काटिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि रहेको करिब २ सय वर्ष पुराना बर र पिपलका रुख काटिएको हो । सडक नक्साभित्र नपरेका वर्षाैँ पुराना बर–पिपलको रुख जिल्ला प्रशासन कार्यालयकै अगुवाईमा काटिएको हो ।

रुख काटिएपछि जिल्ला प्रशासन कार्यालय अगाडि उजाड बनेको छ । बुढा रुखका हा“गा मक्किएर झर्न थालेपछि काटेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डले जानकारी दिए । प्रशासनको अगुवाईमा काटिएका रुख बिक्रीबाट आएको आम्दानी राजश्वमा दाखिला गर्ने उनले बताए । ‘गुनासो आएपछि मंसिरदेखि नै रुख काट्ने तयारी भएको थियो,’ उनले भने, ‘नया“ बिरुवा लगाउँछौ ।’

बर–पिपलको छहारीमा सेवाग्राहीका लागि फलैँचा र घुम्ती चिया पसलहरु सञ्चालनमा थिए ।

Loading...