fbpx

डरलाग्दो देखाइएको ‘घर’ को पोस्टरका साथ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं
हरर फिल्म ‘घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । प्रदर्शन मिति घोषणा गर्नुका साथै निर्माण टिमले यस फिल्मको पोस्टर पनि सार्वजनिक गरेका छन् ।

अभिनेता अर्पण थापाको निर्देशनमा तयार भएको यो हरर फिल्म आउँदो साउन ३ गतेबाट देशभर प्रदर्शनमा आउने टिमले जानकारी दिएका छन् । सार्वजनिक फरिएको यस पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र देखाइएको छ ।

पोस्टरमा उनलाई एकदम डरलाग्दो रुपमा देखाउन खोजिएको छ । फिल्मलाई शर्मिला पाण्डेलले निर्माण गरेकी हुन् । फिल्ममा अर्पण थापा, सुरक्षा पन्तका साथ अभिनेत्री बेनिशा हमाल, अस्मिता खनालको पनि प्रमुख भूमिका रहेको छ । फिल्ममा अभिनेत्री सुरक्षा, अर्पणकी श्रीमतीको भूमिकामा रहेकी छिन् ।

निरज कँडेलको छायांकन रहेको यस फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो । यस फिल्मको छायांकन २० दिनमा सकिएको हो । नेपालमा धेरै नै कम निर्माण हुने र चल्ने हरर जनराको फिल्म बनाएर लगातार जोखिम मोलिरहेका अर्पण थापा । हरर जनराकै फिल्म ’सुनकेशरी’ बनाएका अर्पणलाई ’घर’ बाट निकै ठूलो आशा राखेका छन् ।

प्रतिक्रिया

Loading...