काकडभिट्टाबाट काठमाडौंकालागि हिडेकाे बस त्रिशुलीमा खस्याे

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि हिडेकाे यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ।

शनिबार काकडभिट्टाबाट   काठमाडौंका लागि छुटेको ना ३ ख ४३८७ नम्बरको बस  धादिङको  गजुरी गाउँपालिका ६ मा पर्ने  बन्छेेेेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशुलीमा खसेको हो ।

दुर्घटनामा तीनजनाको मृत्यु भएकाे प्रहरीले जनाएको छ । मृतकको सनाखत भएकाे छैन् ।

झापाको काकडभिट्टाबाट छुटेकाे बसमा कति यात्रु थिए भन्ने एकिन नभएकाे प्रहरीले जनाएको छ ।

Loading...