fbpx

अपराध अनुसन्धानका सरोकारवालाबीच छलफल

विराटनगर ।
अपराध अनुसन्धानसंग सरोकार राख्ने विभिन्न निकायहरुबीच जिल्ला प्रहरी कार्यालय मोरङमा छलफल भएको छ । कानुनी व्यबस्था र प्रहरी अनुसन्धानका विषयमा मोरङ जिल्ला अदालतका न्यायधिश राजुकुमार खतिवडा र मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनोजकुमार केसीले छलफललाई सहजिकरण गरेका थिए ।

 

अपराध अनुसन्धानसँग सरोकारवाला निकायहरू,सरकारी वकिल कार्यालय, सरकारी चिकित्सक र अपराध अनुसन्धानकर्ताहरूवीच प्रशिक्षण, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको मोरङ प्रहरीले जनाएको छ ।

कार्यक्रममा मोरङ जिल्ला अदालतका न्यायधिश राजुकुमार खतिवडा, जिल्ला न्यायधिवक्ता मनोज कुमार आचार्य, बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका फरेन्सिक विज्ञ सह प्राध्यापक डाक्टर बिकास साह, प्रहरी नायव उपरीक्षक नवराज ढुंगाना, कोशी अंचल अस्पताल विराटनगरका डाक्टर संज्ञा ज्ञवाली र डाक्टर सुनिलबाबु खनाल लगायत मुद्दा चल्ने मातहत ईकाईका प्रहरी प्रमुख तथा अपराध अनुसन्धान सँग सम्बन्धित प्रहरी कर्मचारीहरू सहभागी थिए ।

कार्यक्रममा जिल्ला अदालतका न्यायधिश राजुकुमार खतिवडाले छलफलमा उठेका बिषयवस्तु बारे स्पष्ट पार्दै आवश्यक निर्देशन समेत दिए । यस्तै जिल्ला न्यायधिवक्ता मनोज कुमार आचार्यले छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिदै यस्ता कार्यक्रम आगामी दिनमा समेत हुनु पर्ने कुरामा जोड दिए ।

त्यस्तै बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका फरेन्सिक विज्ञ सह प्राध्यापक डाक्टर साहले पोष्टमार्टमसँग सम्बन्धित बिषयबस्तुमा अन्तरक्रियात्मक प्रशिक्षण दिए ।

प्रतिक्रिया

13 + eight =

Loading...