अबको निर्वाचन प्रविधिमैत्री

 

विराटनगर ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउन आयोगले काम सुरु गरेको बताएका छन् । निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरि प्रदेश एकको राजधानी विराटनगरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रविधिी मैत्री निर्वाचन प्रणाली अपनाउने बताएका हुन् ।

निर्वाचनलाई निष्पक्ष, मितब्ययी र जनताको विश्वासिलो बनाउन सुधार आवश्यक रहेकाले आयोगले काम गरिरहेको उनको भनाई छ । ५ बर्षमा मुख्य बिषय बस्तुलाई केन्द्रीत गरेर आयोगले सुधारको काम सुरु गर्न लागेको उनले बताए ।

जेठ ७ गतेसम्म चल्ने प्रशिक्षणका सहभागिलाई निर्वाचन प्रचारप्रसार खर्च, निर्वाचन विवाद निरुपण, राजनितिक दल दर्ता तथा आय ब्यय विवरण, निर्वाचन जोखिम ब्यवस्थापन तथा मतदाता दर्ता सफ््टवेयर सञ्चालन सम्बन्धि तालिम दिइने छ ।

Loading...