fbpx

संसदीय पत्रकार मञ्चमा लम्साल

विराटनगर ।

एक नम्बर प्रदेशको संसदीय पत्रकार मञ्चको अध्यक्षमा गणेश लम्साल चयन भएका छन । नियमित प्रदेश सभाको रिर्पोटिङ गर्दै आएका पत्रकारहरुको शुक्रबार सम्पन्न भेलाले गणेश लम्साललाई सर्वसम्मतले एक नम्बर प्रदेश संसदीय पत्रकार मञ्चको अध्यक्षमा चयन गरेको हो ।

मञ्चको उपाध्यक्षमा बाबुराम भण्डारी, सचिवमा कुमार लुँइटेल, सहसचिवमा तारा आचार्य, कोषाध्यक्षमा बिनु तिम्सिना तथा सदस्यहरुमा सुमन तिमल्सेना, मिलन बुढाथोकी, ध्रुब भट्टराई, अनन्त न्यौपाने छन् ।
मञ्चको सल्लाहकारहरुमा बिक्रम लुइटेल, विवेक गौतम र लिलाबल्लभ घिमिरे रहेका छन ।
भेलालले पत्रकार विवेक गौतम , राजु अधिकारी र अनन्त न्यौपानेलाई मञ्चको बिद्यान मस्यौदा निर्माण गर्ने जिम्मेवारी पनि दिएको छ ।
नव निर्वाचित अध्यक्ष लम्सालले एक नम्बर प्रदेशको संसदीय पत्रकारितलाई मर्यादित बनाउन र पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न सक्रिय रुपले पहल गर्ने प्रतिबद्धता जनाए ।

Loading...