fbpx

पेट्रोलको मुल्य घट्यो

विराटनगर ।

नेपाल आयल निगमले शुक्रबार रातीबाट लागु हुने गरि पेट्रोलिय पदार्थको मुल्य घटाएको छ । राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्य घटाएको हो ।

पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १ रुपैयाँ घटाएको आयल निगमले जनाएको छ । नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता बीरेन्द्र गोइतका अनुसार भारतले पेट्रोलियम पदार्थको मुल्य समयोजन गरेपछि नेपालमा समेत घटाइएको हो ।

हवाई ईन्धन र एलपि ग्याँसको मुल्य भने यथावत रहेको उनले बताए । मुल्य घटाएपछि अब काठमाण्डौँमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा तथा मट्टितेल र डिजेलको मुल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

इण्डियन आयल कर्पोरेशनले बिहिबार १६ मे देखि मूल्य घटाएपछि मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतले बताए । समायोजन पछि भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा १५ रुपैयाँ ६७ प्रति लिटर र डिजेल १६रुपैयाँ ६४ प्रति लिटर नेपालमा सस्तो हुने छ ।

Loading...