fbpx

मानव कम्प्युटर सकुन्तला देवीको वायोपिकमा विद्या बालन

विराटनगर,
बलिउडकी चर्चित अभिनेत्री विद्या बालन अहिलेको समयमा धेरै बायोपिकमा काम गरिरहेकी छिन् । अहिले उनी एन टिआरको बायोपिक ‘कथानाय कुडु आयो’ र इन्दिरा गान्धीको बायोपिकमा काम गरिरहेकी छिन् । यस्तैमा अब उनी अर्को बायोपिकमा अनुबन्धित भएकी छन् ।

भारतकी मानव कम्प्युटरको उपनामले चिनिने सकुन्तला देवीको बायोपिक ‘द शकुन्तला देवी’मा विद्या बालन देखिने भएकी हुन् । सन् १९२९ मा भारतको बेङ्लोरमा जन्मिएकी सकुन्तला असामान्य गणितिय क्षमता भएकी महिला थिइन् ।

गणितकी जादुगर भनेर चिनिने सकुन्तलाले औपचारिक रुपमा विद्यालय भने गएकी थिइनन् । उनले सन् १९८६ मा विश्वव्यापी कीर्तिमानको अभिलेख राख्ने गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी थिइन् । उनको ६ वर्षअघि निधन भइसकेको छ ।

अनु मेननको निर्देशनमा तयार हुन लागेको यो चलचित्र २०१९ को अन्तिमदेखि छायांकन सुरु गरेर २०२० सम्म प्रदर्शनमा ल्याउने यस फिल्मको निर्माण टिमले बताएका छन् । विद्याले यो चलचित्रमा काम गर्नका लागि आफू निकै उत्साहित रहेको बताएकी छन् ।

Koshi Online

FREE
VIEW