fbpx

‘वीर विक्रम २’ को प्रिमियरमा पुगेकी पूजा आखिर किन मध्यान्तरमै निस्किएर गइन् ?

काठमाडौं
कलिउडकी चर्चित नायिका बन्न सफल भएकी पूजा शर्मा बुधबार फिल्म ‘वीर विक्रम २’ को पर्पल प्रिमियरमा पुगेकी थिइन् । यस फिल्ममा अभिनेता पल शाहको प्रमुख भूमिका रहेको छ । पूजा र पलले यसअघि फिल्म ‘म यस्तो गीत गाउँछु’ मा सँगै काम गरेका थिए ।

उक्त फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो भने दर्शकले दुईको जोडीलाई पनि एकदम रुचाएका थिए । यो फिल्मपछि दुईको सम्बन्ध खासै राम्रो नभएको चर्चामा छ । तर, पूजाले ‘वीर विक्रम २’ को प्रिमियरमा गएर यस कुरालाई धेरै हदसम्म गलत साबित परेकी छिन् ।

प्रिमियरमा निकै ढिलो पुगेकी पूजाले पूरा फिल्म भने हेरिनन् । फिल्मको सम्पूर्ण टिमसँग भेटि सकेपछि उनी मध्यान्तरमै बिदा मागेर निस्किएकी थिइन् । उनी हतारमा निस्किनुको कारण उनलाई उक्त फिल्म मन नपरेको कुराहरु बाहिरिएका छन् ।

केही निकट फिल्मकर्मी र सञ्चारकर्मीलाई उनले आफ्नो महत्त्वपूर्ण काम परेको कारण फिल्म पूरा हेर्न नपाएपनि पूरा फिल्म हलमा गएर हेर्ने वाचा गरेको जानकारी प्राप्त भएको छ । फिल्म ‘प्रेमगीत’ बाट निकै चर्चामा आएकी उनी अहिलेकी डिमान्डेड र महँगी अभिनेत्री मध्येकी एकमा पर्छिन् ।

पूजा अहिले ‘सम्हालिन्छ कहिले मन’को छायांकनमा व्यस्त छिन् । यस फिल्मका लागि उनले १५ लाख पारिश्रमिक बुझेकी थिइन् । पूजा चाँडै फिल्म ‘पोई र्पयो काले’ को छायांकनमा व्यस्त हुँदैछिन् । यस फिल्ममा आकाश श्रेष्ठ, सौगात मल्ल र सृष्टि श्रेष्ठको पनि अभिनय रहने छ । उनले फिल्म ‘पोई र्पयो काले’ मा २० लाख पारिश्रमिक लिएको चर्चा छ ।

Loading...