fbpx

‘प्रेम दिवस’को ट्रेलर सार्वजनिक, प्रियंकाका लागि हिरो र भिलेन दुवै बने आयुष्मान (भिडियोसहित)

विराटनगर,
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको फिल्म ‘प्रेम दिवस’ ट्रेलर सार्वजनिक भएको छ । जेठ ३१ बाट प्रदर्शनको तयारीमा रहेको सो चलचित्रको ट्रेलर शुक्रबार युटुबमा सार्वजनिक भएको हो ।

ट्रेलरमा प्रियंकाका लागि आयुष्मानलाई हिरो र भिलेन दुवै रुपमा देखाइएको छ । यस फिल्ममा प्रियंका र आयुष्मान बाहेक विशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तक केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेलको पनि भूमिका रहेको छ ।

प्रियंका र आयुष्मान अभिनित यो तेस्रो चलचित्र हो । यसअघि प्रियंका र आयुष्मानले ‘कथा काठमाण्डू’ र चङ्गा चेट’मा संगै काम गरेका छन् । सञ्जय न्यौपानको निर्माणमा बनेको यस चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । यस फिल्म म्युजिकल लभस्टोरी कथामा निर्माण भएको छ ।

यस्तै फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको रहेको छ भने बसन्त सापकोटा, करण सिंह कार्की, दीपक शर्मा र महाराज थापाको संगीत रहेको छ ।

Koshi Online

FREE
VIEW