fbpx

नेपाल आइडलका विक्रम र प्रियंकाबीच ‘कस्तो दुरी’

विराटनगर
‘नेपाल आइडल सिजन २’ का उपविजेता गायक विक्रम बरालको ‘कस्तो दुरी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतलाई युटुबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको यस गीतको भिडियोमा गायक विक्रम आफैँले अभिनय गरेका छन् ।

यस म्युजिक भिडियोमा विक्रमलाई मोडल प्रियंका खड्कासँगै बालकलाकार मानवी खड्काले साथ दिएकी छन् । यस गीतले माया, प्रेम, मिलन र बिछोडको भाव ब्यक्त गरेको छ । परिवारको दबाबका कारण विछोडीएका प्रेमी प्रेमिकाको बिछोडपछि अन्तिम भेटमा आधारित रहेर यो गीतको भिडियो बनाइएको छ ।

निकेश खड्काले निर्देशन गरेको यस गीतमा नारायण गौतमको शब्द, हरि लम्सालको सङ्गीत र महाराज थापाको सङ्गीत संयोजन रहेको छ । बुद्ध थापाको छायांकनमा तयार भएको यस गीतलाई विकास धमलाले सम्पादन गरेका हुन् । बिक्रम बरालले हालै विवाह गरेका हुन् ।

प्रतिक्रिया

seventeen − sixteen =

Loading...