‘रिभेन्ज स्टोरी’ भएको ‘सरौतो’मा सुमीको एक्सन लुक्स

काठमाडौं,
हरि हुमागाईँको निर्देशनमा बनेको फिल्म ‘सरौतो’को रिलिज मिति तय भएको छ । फिल्म संविधान दिवसको अवसर पारेर आउँदो असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

बदलाको कथा बोकेको फिल्म ‘सरौतो’ हरि हुमागाईंको डेब्यु निर्देशन हो । निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गर्नुका साथै फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको पोस्टरले फिल्म एक्सन प्रधान रहेको प्रस्ट देखाउँछ ।

उक्त पोस्टरमा फिल्मका केहि कलाकार र मुख्य अभिनेत्री सुमी मोक्तानलाई पोस्टरमा एक्सन लुक्समा देखाइएको छ । विरन्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स् एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सुमीका साथ सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्कीलगायतको कलाकारहरुको अभिनय रहेको छ ।

रिभेन्जको स्टोरीमा आधारित भएर निर्माण भएको एक्सन फिल्म ‘सरौतो’मा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहेको छ ।

Loading...