fbpx

फ्राइडे रिलिज : आजबाट ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ भिड्दै, कुन हेर्ने ?

विराटनगर,
आज जेठ ३ गते यस वर्षको बहुप्रतिक्षित दुई नेपाली फिल्म ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ एकसाथ प्रदर्शनमा आएका छन् । यी दुई फिल्म एउटै मितिमा प्रदर्शनमा आएको कारणले यिनीहरुबीच भिडन्त हुने पक्का छ ।

एकसाथ प्रदर्शनमा आएका कारण दुवै फिल्मलाई व्यावसायिक सफलता हासिल गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती आइपरेको छ । दुवै हिट फिल्मको दोस्रो पार्ट भएका कारण दर्शकले दुवै फिल्मको गीतसंगीत र ट्रेलरलाई निकै रुचाएका छन् । ‘वीर विक्रम’ र ‘जात्रा’को सफलतापछि ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’को निर्माण गरिएको हो ।

मित्रतामा आधारित रहेर मिलन चाम्सले निर्देशन गरेको फिल्म ’वीर बिक्रम २’मा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदीलगायतको कलाकारहरुको अभिनय रहेको छ ।

यस्तै सुन काण्डलाई कमेडी शैलीमा उतारेर प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्म ‘जात्रै जात्रा’मा विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बाँनिया, दयाहाङ राई, राजाराम पौडेल, प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया

Loading...