fbpx

कोपा अमेरिका खेल्ने अर्जेन्टिनाको टोली घोषणा, को– को परे टिममा ?

एजेन्सी,
अर्जेन्टिनाले दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मानिने प्रतियोगिता कोपा अमेरिका खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ । आउँदो जुन महिनाबाट ब्राजिलमा सुरु हुने उक्त प्रतियोगिता खेल्ने अर्जेन्टिनाको टोली घोषणा भएको हो ।

अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीलाई समावेश गर्दै अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका अन्तरिम प्रशिक्षक लिओनल स्कालोनीले प्रारम्भिक टोली घोषणा गरेको हो । टोलीमा परेसँगै उनले कोपा अमेरिका खेल्ने पक्का पनि भएको छ । अन्यथा, उनले खेल्ने नखेल्नेमा विभिन्न शंका उपशंका उब्जदैँ आएको थियो ।

अर्जेन्टिनाले मेस्सीका साथमा अर्जियो अग्युरो, पाउलो डिबाला जस्ता खेलाडीलाई समेट्दै खेल्ने ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । अर्जेन्टिनाले कोपा अमेरिकाका लागि मे ३० मा २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्नेछ ।

ब्राजिलको विभिन्न पाँच शहरमा आयोजना हुने सो प्रतियोगितामा जापान र कतार गरी दुई आमन्त्रित टिमसहित १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसअनुसार, अर्जे्न्टिना कठिन मानिने समूह परेको छ । समूह ‘बी’मा रहेको अर्जेन्टिनाका प्रतिद्वन्द्वी राष्ट्रहरूमा कोलम्बिया, पराग्वे र आमन्त्रित टिम कतार रहेका छन् ।

कोपा अमेरिका जुन १४ देखि जुलाई ७ सम्म हुनेछ । हरेक समूहको शीर्ष दुई र तेस्रो हुने उत्कृष्ट एक टोलीले क्वाटरफाइनलको यात्रा तय गर्नेछन् ।

प्रतिक्रिया

Loading...