fbpx

प्रियंका बनिन् ४ करोड फलोअर्स भएको पहिलो बलिउड कलाकार

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको इन्स्टाग्राममा बुधवार चार करोड फलोअर्स पुगेका छन् । उनले बलिउडबाट हलिउडका चलचित्रहरुसम्म सफल यात्रा गरेकी छिन् ।

प्रियंका पहिलो बलिउड कलाकार हुन् जसको सामाजिक संजालमा यती धेरै फलोअर्स पुग्न सफल भएको छ । प्रियंकाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा ४ करोड फलोअर्स पुगेको अवसरमा सबै फलोअर्सलाई धन्यवाद दिएकी छिन् ।

उनले सबैलाई धन्यवाद दिँदै एक भिडियो सार्वजनिक गरेकी छिन् । सार्वजनिक गरिएको उक्त भिडियोमा प्रियंकालाई निकै उत्साहित देखिन सकिन्छ । प्रियंकाले आफ्नो सामाजिक संजालमा आबद्ध हुने सबै फलोअर, आफ्नो सहयात्रीहरु तथा सम्पूर्ण इन्स्टा परिवारलाई धन्यवाद दिँदै माया बाँडेकी छिन् ।

आफू भन्दा निकै कम उमेरको निक जोनास संगको प्रेम सम्वन्ध होस् या उनीसंग विवाहको कारणले होस् पछिल्लो समय धेरै नै चर्चमा रहेकी अभिनेत्री हुन् प्रियंका । हालै प्रियंका चोपडाले ‘मेट गाला २०१९’ मा लगाएको पहिरनको कारणले पनि उनको निकै नै ट्रोल बनिरहेको छ ।

प्रतिक्रिया

Loading...