fbpx

भोजपुरमा आगलागीबाट तीन घर जल्यो, ५२ लाखको क्षति

भोजपुर,
भोजपुरमा आगलागीबाट रु ५२ लाखको क्षति भएको छ । सदरमुकामस्थित पोखरेमा बिहीबार भएको आगलागीबाट रु ५२ लाख बराबरको क्षति भएको हो ।

स्थानीयवासी बखतबहादुर श्रेष्ठको घरबाट आगलागी शुरु भएको हो । आगलागीबाट श्रेष्ठको किराना पसल, नगद रु पाँच तथा सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य दुई घरमा समेत क्षति पुगेको छ । साँघुरोबाटोको कारण नगरपालिकाको दमकल जान नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आगो निभाएका थिए । रासस

प्रतिक्रिया

7 − 4 =

Loading...