fbpx

विराटनगरमा साइकलबाट लडेर एक विद्यार्थीको मृत्यु

विराटनगर,
मोरङको विराटनगरमा साइकलबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१८ डामाडिकी भन्ने स्थानमा बिहीबार साइकलबाट लडेर १५ वर्षीय विक्रमकुमार अमातको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जनविकास माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अमात बिहीबार बिहान ९ बजेको समयमा विद्यालयबाट साइकलमा घर फर्कने क्रममा लडेर घाइते भएका थिए । लडेर गम्भीर घाइते भएका अमातलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया

Loading...